दफा ३२
वार्षिक प्रतिवदेन पेश गर्नु पर्ने
(१) बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र देहायका कुराहरुसमेत समावेश गरी नेपाल सरकारसमक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेछ ः–
(क) बोर्डको आम्दानी र खर्चको विवरण,
(ख) आपूmले वर्षभरी सम्पादन गरेको कामको विवरण र सोको लागि लागेको प्रशासकीय खर्च,
(ग) आगामी वर्षको कार्ययोजना र त्यसको लागि आवश्यक पर्ने अनुमानित बजेट तथा सोको स्रोत,
(घ) तोकिए बमोजिमका अन्य विवरण ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन नेपाल सरकारले प्रत्येक वर्ष बोर्डलाई सार्वजनिक गर्न लगाउनेछ ।